+
+

सीके राउतले सुरु गरे दोस्रो गणतन्त्र अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १९:५२

२७ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले दोस्रो गणतन्त्र आन्दोलनको अभियान सुरु गरेका छन् ।

यो अभियानलाई राउतले दोस्रो गणतन्त्र अभियानको तयारी भनेका छन् । ललितपुरको इमाडोल क्षेत्रमा प्रचार सामग्री बाँडेर राउतले अभियान सुरु गरेका छन् ।

‘अहिलेकै प्रणालीले मुलुकलाई निकास दिन नसक्ने भएकाले दोस्रो गणतन्त्रका लागि आन्दोलन सुरु गरेका छौं । त्यसको तयारी अभियान आजबाट सुरु गरिएको हो’, पार्टी सचिव बीपी साहले भने ।

सामाजिक लोकतन्त्र र कल्याणकारी राज्य स्थापना गर्न राउतले ९ बुँदे कार्यक्रम अगाडि बढाएका छन् । उक्त ९ बुँदे प्रस्तावित कार्यक्रमलाई प्रचार सामग्री बनाएर बाँड्न सुरु गरिएको सचिव साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?