+
+

अस्पताल भर्ना भएका मिथुनलाई इस्केमिक सेरेब्रोभास्कुलर पुष्टि, यो कस्तो रोग हो ? 

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १३:३९

काठमाडौं । बलिउड अभिनेता तथा राजनीतिज्ञ मिथुन चक्रवर्तीलाई दाहिने हात र खुट्टामा कमजोरी देखिएपछि शनिबार बिहान कोलकाताको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई इस्केमिक सेरेब्रोभास्कुलर दुर्घटना (स्ट्रोक) भएको पहिचान गरिएको अस्पतालले जारी गरेको आधिकारिक विज्ञप्तिमा उल्लेख छ ।

७३ वर्षीय अभिनेता अहिले उपचार गराइरहेका छन् र चिकित्सक टोलीको निगरानीमा छन् । अस्पतालको विज्ञप्तिले स्ट्रोकको गम्भीरता खुलासा गरेको छैन र उनको पूर्वानुमानको बारेमा थप विवरण प्रदान गरेको छैन ।

विज्ञप्तिमा थप भनिएको छ, ‘चक्रवर्तीलाई न्युरो-फिजिसियन, कार्डियोलोजिस्ट र ग्यास्ट्रोएन्टेरोलजिस्टसहित डाक्टरको टोलीले थप स्वास्थ्य मूल्यांकन गरिरहेको छ ।’

छातीमा गहिरो दुखाइ भएपछि शनिबार बिहान साढे ९ बजेतिर कोलकाताको एपोलो मल्टिस्पेसलिटी अस्पतालमा उनलाई इमर्जेन्सी विभागमा भर्ना गरिएको थियो ।

‘डिस्को डान्सर’ र ‘अग्निपथ’जस्ता फिल्ममा आफ्नो भूमिकाका लागि परिचित चक्रवर्ती हाल सिनेमा र राजनीति दुवैमा सक्रिय छन् । उनी भारतीय संसदको माथिल्लो सदन राज्यसभाका वर्तमान सदस्य समेत हुन् ।

उनलाई अस्पतालमा गरिएको खबरले भारतीय फिल्म उद्योगमा स्तब्धतता छाएको छ । प्रशंसक र कलाकारहरुले उनको स्वास्थ्य अवस्थालाई लिएर चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

मिथुनलाई देखिएको इस्केमिक स्ट्रोक के हो ?

अमेरिकी सरकारको मेडलाइनप्लसका अनुसार दुई प्रकारका स्ट्रोक हुन्छन्- इस्केमिक र हेमोरेजिक । इस्केमिक सामान्य प्रकारको स्ट्रोक हो । प्रायः सबैलाई हुने स्ट्रोकमध्ये यसको हिस्सा ९८ प्रतिशत हुनछ । यो सामान्यतया रगत जमेको कारणले हुन्छ, जसले मस्तिष्कमा हुने रगतको प्रवाहको नलीलाई रोक्छ ।

रक्त प्रवाह रोकिंदा केही मिनेटमै मस्तिष्कका कोषिका मर्न थाल्छन् । अर्को कारण धमनीको संकुचनको कारणले पनि यस्तो हुन्छ । यो धमनीभित्र लाग्ने एथेरोस्केलेरोसिस रोगको कारणले पनि हुन्छ । क्षणिक इस्केमिक आक्रमण तब हुन्छ, जब मस्तिष्कमा रक्त आपूर्ति छोटो समयको लागि अवरुद्ध हुन्छ । यो अवस्था जोखिमपूर्ण हुन्छ ।

स्ट्रोकका लक्षण

-अनुहार, हात वा खुट्टाको कुनै भाग अचानक सुन्निनु वा कमजोरी हुनु

-अचानक दिग्भ्रम सिर्जना हुनु, बोल्न समस्या वा बोली बुझ्न कठिनाइ हुनु

-एक वा दुवै आँखामा अचानक देख्न समस्या आउनु

-अचानक हिंड्न समस्या हुनु, चक्कर आउनु, सन्तुलन गुमाउनु

-गम्भीर टाउको दुख्नु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?