+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सिराहाबाट पेस्तोलसहित एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते ८:१९

२९ माघ, जनकपुरधाम । सिराहाबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहाको औरही गाउँपालिका ४ कमलपुरका २० वर्षीय सरोजकुमार यादव रहेका छन् ।

सरोज गत शनिबार राति औरही गाउँपालिका ३ बस्ने वर्ष २२ को संजितकुमार यादव र उनको बहिनी संजिता यादव डेरा गरी बस्ने सिराहा नगरपालिका ७ मा राम पुकार शर्माको घरमा पुगेर बादविवाद गरिरहेका थिए ।

प्रहरी पुगेर उनको शरीर खानतलासी गर्दा लुकाइराखेको कटुवा पेस्तोल बरामद भएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?