+
+

सुपरहिट गीतको सिक्वेललाई किन भ्युजको खडेरी ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १३:१०

काठमाडौं । १२ वर्षअघि रिलिज भएको फिल्म ‘अन्दाज’मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’लाई अहिले पनि लोकप्रिय छ । सरल शब्द र मन छुने लयमा बुनिएको यो गीतले उक्त फिल्मको प्रवर्द्धनमा मात्र सघाएन, गीतकार शंकर अधिकारी घायललाई रातारात चर्चित बनायो ।

त्यो गीत हिट भएपछि घायलले पछि फर्केर हेर्नुपरेन । लामो अन्तरालपछि घायलले उक्त गीतको सिक्वेलको रुपमा ‘सिम्पल सिम्पल कान्छीको २’ यसैसाता रिलिज गरे । चार दिनअघि नित्या शिवा र राजन श्रेष्ठको स्वरमा उनले गीतको दोस्रो श्रृंखला सार्वजनिक गरे । यो गीतको कम्पोज गर्न उनले आफू निकट संगीतकार बाबुल गिरीलाई जिम्मा दिए ।

रिलिजको चौथो दिनमा यो गीतलाई युट्युबमा साढे चार लाख पटक हेरिएको छ । त्यति मात्र होइन, युट्युब नेपालको ट्रेन्डिङमा समेत यो गीत समावेश छैन । सुपरहिट गीतको सिक्वेललाई भ्युजको खडेरी परेको देखिन्छ । यति मात्र होइन, यो भिडियोमा घरेलु फिल्मका ए-लिस्टर कलाकार किरण केसी र दीपाश्री निरौला फिचर्ड छन् ।

माइकल चन्दले भिडियोलाई ‘ग्लसी’ तुल्याउन मेहनत गरेपनि यसको अडियोले पहिलेकोजस्तो चर्चा पाउन सकेको छैन । तर भिडियोको कमेन्टमा चाहिं गिरीको संगीत शिल्पको प्रशंसा भइरहेको छ ।

चार दिनअघि नै गायक हिमाल सागरले आफ्नो हिट गीत ‘ए हो र माया’को श्रृंखलाको रुपमा ‘यही त हो माया’ गीत सार्वजनिक गरे । अन्नु चौधरीको समेत स्वर रहेको यो गीतको भ्युज मुस्किलले दुई लाख मात्र कटेको छ । यो गीतलाई पनि भ्युजको संकट स्पष्ट देखिन्छ । यस्तै धोकेवाज, सोल्टिनी लगायतका गीतका सिक्वेलले पनि पहिलेको गीतजस्तो खासै चर्चा पाएनन् ।

यी प्रतिनिधि उदाहरण मात्र हुन्, हिट गीतका सिक्वेल भने उतिसारो चलेको देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?