+
+

विवाहेत्तर सम्बन्धका कारण प्रमिलाको हत्या, पक्राउ परे कुमार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १५:२९

२९ माघ, काठमाडौं । विवाहेत्तर सम्बन्धकै कारण प्रमिला दमाईको हत्या भएको पाइएको प्रहरीले बताएको छ ।

शनिबार साँझ काठमाडौं–९ विजय चोकमा रहेको एक होटलमा प्रमिला दमाईको शव भेटिएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दोलखा वैतेश्वर घर भएका कुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

सोधपुछका क्रममा विवाहेत्तर सम्बन्धका कारण श्रेष्ठले हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

एसएसपी खत्रीका अनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो । दुबै विवाहित हुन् । तर विवाहेत्तर सम्बन्ध राखेपछि परिवारले न्यायिक समितिदेखि प्रहरीसम्म लगेर छुटाउन खोजेका थिए ।

एसएसपी खत्री भन्छन्, ‘दुबै घर परिवारलाई थाहा भएको अवस्थामा पनि उहाँहरुको सम्बन्धले निरन्तरता पाएको देखिन्छ ।’ पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाव दिएपछि कुमारले हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?