+

वाफ वुमन्स च्याम्पियनसिपको लागि एन्जिलाको कप्तानीमा नेपाली टोली घोषणा

२०८० माघ  २९ गते १७:४१ २०८० माघ २९ गते १७:४१
वाफ वुमन्स च्याम्पियनसिपको लागि एन्जिलाको कप्तानीमा नेपाली टोली घोषणा

२९ माघ, काठमाडौं । साउदी अरेबियामा यही फेब्रअरी १९ देखि सुरु हुने वाफ वुमन्स च्याम्पियनसिप २०२४ का लागि २३ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा गरेका हुन् ।३१ जनाबाट अन्तिम २३ जना छनोट गर्दा तीन नयाँ अनुहार छन् । डिफेण्डर सविना चौधरी तथा मिडफिल्डर सरस्वती हमाल र चन्द्र भण्डारीलाई पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् ।

कप्तान एन्जिलासहित गीता राना, अमृता जैशी, प्रिती राई, दीपा शाही र रश्मीकुमारी घिसिङ हाल भारतमा इन्डियन वुमन्स लिग खेलिरहेका छन् । उनीहरु यस प्रतियोगिताका लागि नेपाल आएर टिममा सामेल हुनेछन् । यस्तै स्ट्राइकर सावित्रा भण्डारी साम्बा फ्रेन्च शीर्ष टोली गुइग्याम्पबाट त्यहाँको लिग खेलिरहेकी छन् । उनी केही समयअघि मात्रै फ्रेन्च क्लबमा अनुबन्ध भएकी थिइन् र दुई खेल खेलिसकेकी छन् ।

भारतमा खेलेका खेलाडीहरु दुई जना सोमबार राति आइपुग्ने र बाँकी खेलाडी भोलि र पर्सिसम्म आइपुग्ने प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए । यस्तै सावित्रा भने प्रतियोगिता खेल्न फ्रान्सबाट सिधै साउदी अरेबिया जाने उनले बताए ।

बन्द प्रशिक्षणमा रहेका सपना राई, गंगा गुरुङ, प्रतिक्षा चौधरी, दीपा न्यौपाने, सम्झना लावती, अन्जली मचामसी, अनुष्का शेर्पा र मनमाया दमाइ भने अन्तिम टोलीमा पर्न सकेनन् ।

नेपालले पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेल्न लागेको छ । ८ टोलीको सहभागिता रहने उक्त प्रतियोगितामा नेपाल समूह बी मा छ । यस समूहमा नेपालसँगै प्यालेस्टाइन, सिरिया र इराक छन् । आयोजक साउदी अरेबिया, ग्वाम, लेबानोन र जोर्डन समूह ए मा छन् ।

नेपालले सिरियासँग पहिलो खेल खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

नेपाली टोली

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अन्जना रानामगर, उषा नाथ

रक्षक : अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, सविना चौधरी

मिडफिल्डर : अनिता केसी, विमला चौधरी, अनीता बस्नेत, प्रीति राई, दीपा शाही, सरस्वती हमाल, चन्द्र भण्डारी

फरवार्डः सविता रानामगर, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, अमिसा कार्की

फुटबल वाफ वुमन्स च्याम्पियनसिप साउदी अरेबिया

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय