+
+

मोहन्याल गाउँपालिकाले दियो जनयुद्ध दिवसमा सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १९:१२

२९ माघ, धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा भोलि सार्वजनिक विदा दिएको छ ।

जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनका क्रममा वलिदान प्राप्त गरेका शहीदहरुको सम्झनामा भन्दै गाउँपालिकाले भोलि विदा दिने निर्णय गरेको हो ।
सोमबार गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले विज्ञप्ति जारी गर्दै भोलि विदा दिने निर्णय भएको उल्लेख गरेका छन् ।

‘राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका साथै सामन्ती, निरङ्कुश, केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाका लागि भएको महान जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनका क्रममा वलिदान प्राप्त गर्नुहुने महान शहिदहरुको सम्झनामा गाउँपालिकाको निर्णयानुसार २०८० फाल्गुण १ गते गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको छ,’ अध्यक्ष उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यायले महान जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनमा शहीद, वेपत्ता र घाइते भएका व्यक्तिहरु तथा आफन्तजनहरुको सम्मान गर्ने कार्यक्रमसमेत रा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?