+
+

त्रिवि उपकुलपतिको लागि सर्टलिस्टमा परेकाहरुको प्रस्तुतिकरण सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते २०:२९

२९ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि अल्पसूचीमा परेकाहरूको प्रस्तुतिकरण सुरु भएको छ ।

मन्त्रालयले शिक्षा मन्त्रालयमा रहेको उपकुलपति सिफारिस तथा छनोट समितिको सचिवालयमा उम्मेदवारको सोचपत्र र व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण सुरु भएको हो ।

सोमबार क्रम संख्या १ देखि ४ सम्मका चार जनाको सोचपत्र र व्यवसायिक कार्य योजनाको प्रस्तुतिकरण भएको छ । सिफारिस समितिको अल्पसूची अनुसार कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकीको प्रस्तुतिकरण भएको मन्त्रालयले जनाएको छ ।

दिउँसो ३ बजेदेखि सुरु भएको प्रस्तुतिकरणमा प्रत्येक उम्मेदवारलाई आफ्नो सोचपत्र र व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणका लागि आधा घण्टाको समय छुट्याइएको जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार पहिलो दिन मन्त्रालयका विज्ञहरू र समितिका २ जनाको उपस्थितिमा प्रस्तुतिकरण गरिएको हो ।

मंगलबार ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेल्वासे, प्रकाश घिमिरेको प्रस्तुतिकरण हुनेछ । बुधबार प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा गरी ६ जनाको प्रस्तुतिकरण हुने मन्त्रालय स्रोतको भनाइ छ ।

प्रस्तुतिकरण सकिएपछि अन्तर्वार्ता हुनेछ र यी सबै चरणको मूल्यांकनको आधारमा समितिले बढी अङ्क प्राप्त गर्ने तीन जनाको नाम उपकुलपतिका लागि विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष पेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?