+
+

सुन जाँचबुझ आयोगले लियो क्यासिनो वाल्डोका सञ्चालकसँग बयान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते २०:४७

२९ माघ, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले ठमेलस्थित क्यासिनो वाल्डोका सञ्चालकसँग बयान लिएको छ ।

छायाँ सेन्टरमा रहेको क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक फ्लोरेन्स लगायतसँग बयान लिएको आयोग स्रोतले अनलाइनखबरसँग बतायो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणका चिनियाँ अभियुक्तको सम्बन्ध क्यासिनो वाल्डोसँग जोडिएको थियो । मुख्य आरोपी याओ पुचिङ नियमित रुपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो ।

‘उनले त्यहाँ गएर जुवा खेल्ने र सुन कारोबारको पैसा त्यहीँ बुझाएर अनलाइनमार्फत चीनमा लिने गरेको पाइएको छ’, जाँचबुझ आयोगका एक सदस्य भन्छन् ।

सीआईबीले यसअघि गरेको अनुसन्धानका क्रममा अधिकृतहरुले क्यासिनाको सीसी टीभी फुटेज पनि बरामद गरेको थियो । त्यसक्रममा सुन प्रकरणका चिनियाँ आरोपीहरु क्यासिनोमा पुगेको फुटेजमा देखिएको थियो । क्यासिनोको सञ्चालकले सुन प्रकरणका आरोपी त्यहाँ गएपनि कारोबारबारे जानकारी नभएको बताएको स्रोतको दाबी छ ।

यसअघि आयोगले यो मामिलामा माओवादी नेता कृष्णबहादुर महरा, उनका छोरा राहुल महरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन लगायतसँग बयान लिइसकेको छ । सरकारी अनुसन्धानप्रति चित्त नबुझाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले नियमित रुपमा संसद् अबरुद्ध गरिरहेपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।

समितिले अहिले विभिन्न सुन प्रकरणसँग जोडिएका मानिसहरुसँग बयान लिने र थप जाँच गर्ने कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?