+
+

धुलिखेलमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट १२ सय बिरामी लाभान्वित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १८:१६

काठमाडौं । काभ्रेको धुलिखेलमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरमा एकैदिन १२ सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

काठमाडौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा सञ्जीवनी माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा धुलिखेल कल्याणकारी सेवा समाज धुलिखेल, धुलिखेल नगरपालिका, सञ्जीवनी माध्यमिक विद्यालय र संवाहिका महिला पत्रकार समूहले सहकार्य गरेका थिए ।

शिविरमा धुलिखेल नगरपालिकाका मेयर अशोककुमार व्याञ्जू श्रेष्ठ, काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायतको स्वास्थ्य जाँच गरिएको थियो ।

स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, आँखा, दाँत, छाला, हाडजोर्नी, नसा, बालरोग, स्त्रीरोग, जनरल फिजिसियनसम्बन्धी जाँच तथा साधारण शल्यक्रिया र चिकित्सकको परामर्शअनुसार ल्याब सेवा प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?