+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’ चैत १६ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १४:३७

काठमाडौं । सरस्वती पूजाको अवसरमा पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना : योद्धा राजकुमारी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले बुधबार सरस्वती पूजाको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चैत १६ गते रिलिज हुने जानकारी दिएका हुन् ।

वितरक मनोज राठीले यो फिल्म प्रमुख मल्टिप्लेक्समा रिलिज हुने जानकारी दिए । अफिसियल पोस्टरसँगै यो साता दोस्रो टिजर पनि सार्वजनिक हुने जनाइएको छ । फिल्मलाई तेजशराज जोशीले निर्देशन गरेका हुन् ।

निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका हुन् । ग्राफिक्स डिजाइनर कलाकार सगिन महर्जन, अविनाशसिंह थारु र शिरभा मानन्धर हुन् । सूचना प्रविधि र नेटवर्किङको प्राविधिक कार्य अचिनसुन्दर प्रधानले गरेका छन् ।

रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित यो फिल्म काल्पनिक कथामा बनेको र स्वदेशी प्राविधिक तथा नेपाली भाषामा निर्माण गरिएको मुलुकको पहिलो एनिमेटेड फिचर बताइएको छ । यसमा पार्श्वध्वनि बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग नगरिएको जनाइएको छ ।

फिल्मले राजकुमारी सलिनाको कथा पेश गर्छ । अरूसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउन विभिन्न तालिम लगायतका यात्रा सुरु गर्ने उनको कथालाई फिल्ममा समेटिएको छ ।

फिल्मको भ्वाइस एक्टरहरुमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजशराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?