
काठमाडौं । चलचित्र विकास बोर्डले ‘अभिनय कार्यशाला’ गरिरहेको छ । माघ २९ गतेबाट सुरु कार्यशालामा अभिनयका विभिन्न आयामबारे प्रयोगात्मक कक्षा भइरहेको छ ।
अभिनयमा करिअर बनाउन चाहनेहरुलाई लक्षित गरी आयोजना गरिएको कार्यशालामा अभिनेता भोलाराज सापकोटाले अभिनय प्रशिक्षण दिएका छन् । सहभागीले अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रसँगको सम्बन्ध, अभिनेता-अभिनेत्रीको तयारी, छायांकन तयारी, अभिनयबारे सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गर्ने कार्यक्रम संयोजक राजु केसीले जानकारी दिए । ‘अभिनयमा रुचि भएकाहरुलाई क्षमता विकासका लागि यो कार्यशाला आयोजना गरिएको हो,’ उनले भने ।
अभिनय कार्यशालामा सहभागी हुन चाहनेका लागि चलचित्र विकास बोर्डले सूचना आह्वान गरेको थियो । त्यसअन्तर्गत जुनसुकै उमेर समूहका इच्छुक व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था थियो । कार्यशालामा उल्लेख्य युवायुवती सहभागी भएको बोर्डका प्रवक्त्ता केएल बुढाथोकी ‘पीडित’ले बताए ।
प्रतिक्रिया 4