+
+

भावना पोख्ने सकारात्मक माध्यम ‘कविता’ !

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १४:३९

४ फागुन, पोखरा ।

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु

तिमी होली भन म दिवाली बनाइदिन्छु

शब्दका पोखरी यसरी खनाइदिन्छु

मेरै कुरामा हो हो बनाइदिन्छु ‘

कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्डी भनेपछि रचना भएको शब्द हो यो । कानुन विद्यार्थी अञ्जनालाई शिक्षकले घमण्डी भनेर गाली गरेपछि उनको मनमा लाग्यो । त्यसपछि उनले यो शब्दको रचना गरेकी हुन् ।

लयात्मक रुपमा भावना पोख्ने सजिलो माध्यम हो कविता । भाव मिलाएर कविताले प्रहार गर्छ । कुण्ठा पोख्ने सरल र आक्रोशपूर्ण बाटो कविता नै हो । विम्बको प्रयोग गरेर कविताले प्रहार गर्छ । यो कलात्मक लयले चोटिलो प्रहार गर्छ । अञ्जना सुबेदी पनि  कुण्ठा पोख्ने सकरात्मक माध्यम कविता रहेको सुनाउँछिन् ।

सुर्य नेपाल गाथा, नेपाल साहित्य महोत्सवको दोस्रो दिनको सेसन ‘विद्यार्थीका कविता कुरा’ सत्रमा बोल्दै उनले सो विचार राखेकी हुन् । सत्रमा साहित्यमा लागेका ७ विद्यार्थीसँग विमर्श गरिएको थियो ।

कानुन अध्यनरत अञ्जनालाई सत्र सहजकर्ता अव्यग्र अस्मितको प्रश्न थियो –कानुन र साहित्य फरक विषय लाग्छ यसलाई कसरी सँगसँगै लैजानुभएको छ ? कानुन र साहित्य भिन्न नभएको उनको विचार थियो । दुबै हाम्रो जीवनमा अपरिहार्य विषयवस्तु रहेको सुनाउँछिन् उनी ।

‘मैले कानुन र साहित्यलाई फरक भन्नै सक्दिनँ । साहित्य हुँदैन्थ्यो भने कानुनकै एउटै शब्द छ गालीबेइजती सायद गाली बेइजतीले धेरै व्यक्तिहरु जेलमा हुन्थे होला, उनले भनिन्, ‘साहित्यकै मार्फत विभिन्न विम्ब प्रतिकको प्रयोग गरेर आफनो रिस क्रोधलाई पनि सकरात्मक रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्छ ।’

कविताको रचना लय सबैको फरक हुन्छ । कोही गद्यमा रचना गर्छन् कोही छन्दमा । आशिष पौडेल पद्य कविता लेख्न रुचाउँछन् । आफनो रुची अनुसार कविता लेख्न सकिने बताउँछन् ।

व्यक्तिको चिन्तन विकास गर्ने अनुपम रिजाल बताउँछन् । सहजकर्ताको प्रश्न ‘कविताको महत्व कति छ पठनपाठन ?’ प्रश्नमा उत्तर दिँदै भन्छन्, ‘पाठ्यपुस्तकमा भएका कविताले समाजको चिन्तन विकास सिकाउँछ ।’

साहित्यले जीवनमा पनि परिवर्तन ल्याउने विद्यार्थीले सुनाएका थिए । जीवनको बुझाइ साहित्यले सजिलो ढंगले सिकाउने उनीहरुको भनाइ थियो । विद्यार्थीका कविता सत्रमा बिना घिमिरे, लिना गुरुङ, अनुपम रिजाल, अन्जना सुबेदी, आशिष पौडेल, करुणा विश्वकर्मा र साहारा खतिवडा वक्ताको रुपमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?