+
+

चर्च ब्वाइजलाई हराउँदै एपीएफ बागमती गोल्डकपको अन्तिम चारमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ४ गते १९:५७

४ फागुन, हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैंटौं संस्करणको बागमती गोल्डकपमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब अन्तिम चारमा पुगेको छ ।

जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफले सेमिफाइनल यात्रा तय गरेको हो ।

चर्च ब्वाइजको पोष्टमा एपीएफले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । एपीएफको जितमा अनिष महर्जनले दुई गोल र फोडे फोफनाले एक गोल गरे ।

खेलको ६१ औं मिनेटमा फोफनाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । महर्जनले खेलको ६३ औं मिनेटमा फोफनाको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे । ६९ मिनेटमा महर्जनले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेका थिए ।

खेलको ८८ औं मिनेटमा चर्च ब्वाइजका लागि विशाल बस्नेतले एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । खेलको म्यान अफ द म्याच महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाएका छन् ।

एपीएफ बागमती गोल्डकपको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ । यसअघि बिहीबार भएको पहिलो क्वाटरफाइनल खेलमा नवजनजागृती युवा क्लबलाई हराउँदै न्युरोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरेको थियो ।

एपीएफले अब फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिति र विभागीय टोली त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शनिबार जावलाखेल युथ क्बल र मछिन्द्र युथ क्लब आमनेसामने हुनेछन् । जावलाखेल गोल्डकपको दोस्रो संस्करणको उपविजेता र तेस्रो संस्करणको विजेतासमेत हो ।

गोल्डकपको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?