+
+

बगदाद जाने आर्चरी टोलीको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १३:०७

६ फागुन, काठमाडौं । नेपालका तीन महिला खेलाडीले इराकको बगदादमा हुने आर्चरीको एसिया कप २०२४ स्टेज–वानमा भाग लिने भएका छन् ।

प्रतियोगिता मंगलबारदेखि छ दिनसम्म हुनेछ र यो विश्व वरीयताको प्रतियोगिता रहेको छ । सहभागी हुने खेलाडीमा अंशुका शेरचन, गंगा तुम्बापो र तुल्सी थापा रहेका छन् ।

टिमको प्रशिक्षकको भूमिकामा दीपकराज गुरुङ रहेका छन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच आइतबार टिमको बिदाइ गरे ।

त्यस अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई राम्रो प्रदर्शनका लागि शुभकामना व्यक्त गरे । पेरिस ओलम्पिक्सका लागि जुलाइमा आर्चरीको छनोट हुनेछ र त्यस अगाडि यो प्रतियोगिता त्यसको तयारीमा रूपमा रहनेछ ।

त्यस कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका सदस्य तथा नेपाल आर्चरी संघका महासचिव रमेश शिवाकोटी र संघका सचिव योगेन्द्र श्रेष्ठ पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?