+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रदेशको नामलाई पनि महासमितिको एजेण्डा बनाउन जिल्ला सभापतिहरुको माग

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १५:२८

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेशका जिल्ला सभापतिहरुले प्रदेशको नामकरणलाई पनि महासमिति बैठकको एजेण्डा बनाउन माग गरेका छन् ।

प्रदेशका १४ जिल्लाका सभापतिहरुले आइबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशको नामबारे छलफल गर्न माग गरेका हुन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘… फागुन ७ देखि १० गतेसम्मको महासमिति बैठकमा मुख्य एजेण्डाका रुपमा विषय प्रवेश गराउन अनुरोधसहित ध्यानाकर्षण गराउँदछौं ।’

उनीहरुले १७ जेठमा पनि संयुक्त वक्तव्य निकालेर नाम पुनर्विचार गर्न आग्रह गरेका थिए भने कोशी प्रदेश सरकारको वार्ता टोलीले अहिले आन्दोलनरत पक्षसँग वार्ता गरिरहेको छ ।

जिल्ला सभापतिहरुले केही जिल्लाको महासमिति सदस्यको प्रतिनिधि रोकेकोमा आपत्ति जनाएका छन् । विवाद भएको भनेर सभापति र सम्बन्धित जिल्लामा खटाइएका निर्वाचन अधिकृतको राय समेत नलिई केन्द्रीय निर्वाचन समिति र केन्द्रीय कार्यसमितिले निर्णय गरेको उनीहरुको गुनासो छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?