
८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका ६ शुभेच्छुक संघ संस्थाहरुले महासमितिको बैठक बहिष्कार गरेका छन् ।
ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक संघ, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) र नेपाल प्रेस युनियनले बैठक बहिष्कार गरेका हुन् ।
आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै यी ६ संघ–संस्थाहरूले बैठक बहिष्कार गरेको बताएका छन् ।
पार्टीको विधानअनुसार केन्द्रीय अध्यक्षसहित एक संस्थाबाट तीन जना महासमिति सदस्य व्यवस्था भए पनि त्यसो नगरिएको भन्दै यी ६ भुभेच्छुक संस्थाले आपत्ति जनाएका छन् ।
संस्थाका अध्यक्षलाई महासमितिमा आमन्त्रित सदस्य रहने गरी निर्णय गरिएको थियो ।
सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा आज मंगलबार बन्दसत्र सुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4