+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गोरखामा मन्दिर पुनर्निर्माण गर्दा टुँडालको बुट्टा गायब

विकास मरहट्टा विकास मरहट्टा
२०८० फागुन ८ गते १५:०५

८ फागुन, गोरखा । पालुङटार नगरपालिका–१० मीरकोटस्थित विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरवाही भएको पाइएको छ ।

करिव चार सय बर्ष पुरानो उक्त मन्दिर पुनर्निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना परिवर्तन भएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन् ।

यसअघि मन्दिरको ऐतिहासिक बुट्टा भएको टुँडाल समेत गायब बनाइएको मन्दिरका पुजारी छविलाल गिरीले बताए । ‘पहिले बुट्टा भएको टुँडालहरु थिए, पुनर्निर्माण गर्दा त्यो कता लगेर राखे, अहिले बुट्टा नभएको सामान्य टुँडाल हालेका छन्’, उनले भने । यसले मन्दिरको ऐतिहासिक स्वरुप नै गुमेको भन्दै पुजारी गिरीको भनाइ छ ।

मन्दिरमाथि झिँगटी छाउँदा चार कुनामा कुखुराको भाले आकारको संरचना राखिएकोप्रति पनि स्थानीयले असन्तुष्टी जनाएका छन् । ‘हामीले किन कुखुराको भाले बनाएको भनेर सोध्दा राम्रो देखिएको छ भनेर त्यसै हाँसोमा उडाए’, स्थानीय हरिमाया थापाले भनिन्, ‘विश्वेवर महादेवलाई भालेश्वर बनाइदिए, भोग नदिने ठाउँमा किन कुखुराको भाले बनाको ?’

वडाध्यक्ष ऋषिराज धौरालीले पनि पुनर्निर्माणमा लापरवाही भएको बताए । ‘हामीले पनि कुखुरा भाले बनाउन हुदैन भनेका थियौं, तर हाँस हो भनेर टारे’, उनले भने । मन्दिर पुनर्निर्माणको क्रममा चुना सुर्की कम, माटो बढी प्रयोग भएको वडाध्यक्ष धौरालीले बताए । ‘पुराना काम नलाग्ने झिंगटी पनि हालेका थिए, विरोध गरेर हामीले एकदिन काम पनि रोकिदिएका थियौं’, उनले भने ।

२०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर गोरखा संग्रहालय रेखदेख गर्ने गरी २०७८ असार १३ गते ठेक्का सम्झौता भएर काम अघि बढेको थियो । मन्दिर पुनर्निर्माणको जिम्मा छायाश्वरी न्यू केपी जेभीले पाएको बताए ।

‘मन्दिर पुनर्निर्माणका लागि ९० लाख रुपैयाँ विनियोजन भएको थियो’, गोरखा संग्रहालयका तत्कालीन प्रमुख नवराज अधिकारीले भने, ‘तर निर्माण कम्पनीले घटेर ठेक्का हालेकाले भ्याटसहित ७३ लाख ७४ हजार रुपैयाँमा सम्झौता भएको थियो ।

करिव डेढ बर्षको अवधिमा मन्दिर पुरानै स्वरुपमा पुनर्निर्माण गरिएको उनले जानकारी दिए ।

भूकम्पअघि नै जीर्ण भएको मन्दिर सुरुमा स्थानीय बासिन्दाले आफ्नै हिसाबले मर्मत गर्दा टुँडाल बिग्रिएको अधिकारीले बताए । स्थानीयले मन्दिर मर्मत गर्दा छानाको आकार सानो बनाउँदा टुँडाल पनि काटेर छोटो बनाएको पाइएको उनको भनाइ छ ।

‘पछि हामीले पुनर्निर्माण गर्ने बेला त्यो टुँडाल फिट भएन, धमिराले खाएर बुट्टा हराइसकेको थियो, त्यसलाई आवश्यक ट्रिटमेन्ट सहित पुरानै बुट्टा भरेर प्रतिस्थापन गर्दै लाने भनेर त्यो बेला सामान्य टुँडाल हालेका हौं’, अधिकारीले भने ।

हाल पुरानो टुँडाललाई वडा कार्यालयको सिफारिसमा गोरखा संग्रहालय परिसरमा राखिएको उनले जानकारी दिए । ‘पुरानै स्वरुपमा कार्भिङ गरेर त्यो मन्दिरमा राख्ने हो’, अधिकारीले भने ।

मन्दिरको टुँडाल पुनर्स्थापना, कपाउण्ड निर्माण लगायतको का मगर्न यो वर्ष ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए ।

मन्दिरमा कुखुराको भाले आकारको संरचना पहिले पनि भएको अधिकारीले बताए । ‘त्यो भागमा राख्ने एउटा झिंगटी हुन्छ, जसलाई गंगचा भनिन्छ । त्यो भनेको नेवारीमा कुखुराको भाले हो । त्यो चरा जस्तो आकारको हुन्छ र त्यो राख्ने चलन पनि छ’, उनले भने ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?