+
+

चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याज बढ्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १४:२३

१० फागुन, काठमाडौं । चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बिहीबार निर्देशन जारी गरेको छ ।

सो निर्देशनअनुसार बैंकहरुले चैतदेखि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर १ प्रतिशत मात्रै कायम गर्नुपर्नेछ । हाल व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजअन्तर २ प्रतिशत विन्दु छ ।

हाल व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत ब्याज दिएका बैंकले संस्थागत मुद्दतीमा ६ प्रतिशत दिएका छन् ।

तर चैतदेखि भने व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ८ प्रतिशत दिएका बैंकले संस्थागत मुद्दतीमा ७ प्रतिशतसम्म दिन सक्नेछन् । यहीं व्यवस्थाका कारण चैतदेखि संस्थागत निक्षेपको ब्याजदर बढ्न जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?