+
+

राष्ट्रिय फुटबल टिमबाट चन्द्रा र सविनाको डेब्यू

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १२:२३

११ फागुन, काठमाडौं । फरवार्ड चन्द्रा भण्डारी र डिफेण्डर सविना चौधरीले नेपाली राष्ट्रिय महिला फुटबल टिमबाट डेब्यू गरेका छन् ।

साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत बिहीबारराति इराकविरुद्ध खेलमा दुवैले डेब्यू गरेका हुन् । यो खेलमा नेपाल ५-० ले विजयी भएको थियो ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुबै खेलाडीलाई दोस्रो हाफमा मैदान प्रवेश गराएका थिए ।

युवा फरवार्ड चन्द्रालाई खेलको ७९औं मिनेटमा फरवार्ड रेखा पौडेलको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यस्तै सविना ८३औं मिनेटमा हीराकुमारी भुजेलको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले साउदी भ्रमणमा तीन नयाँ खेलाडीलाई राष्ट्रिय टिममा समावेश गरेर गएका थिए । उनले तीनै खेलाडीलाई डेब्यू गराइसकेका छन् ।

पहिलो पटक राष्ट्रिय टिममा परेकी मिडफिल्डर सरस्वती हमालले यसअघि सिरिया विरुद्ध डेब्यु गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?