+
+

मोरङमा ट्रक पल्टिदा किचिएका ३ बालबालिकाको मत्यु, १ घाइते

हरि अधिकारी हरि अधिकारी
२०८० फागुन ११ गते १३:२६

११ फागुन, विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालबहाक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् ।

शुक्रबार विहान आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगती टोलमा पल्टिएको थियो । लहरीमा लोड गरिएको मार्बल ढुंगाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको हो ।

ज्योतीका छोरा र छोरी जुम्ल्याहा हुन् । दुर्घटनामा परी ज्योती गम्भीर घाइते छन् । ढुंगाले थिचिएका उनलाई उद्धार गरी विराट मेडिकल कलेज पठाइएको छ ।

शुक्रबार बिहान ७ बजे मार्बल बनाउने कच्चा पदार्थ (ढुंगा) बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी किराना पसलमा पल्टिएको थियो । पल्टिएको लहरीमा लोड गरिएको ढुंगाले थिचेर तीन जना बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए । मृतकको शव निकाल्न प्रहरीलाई करिब ४ घण्टा लागेको थियो ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?