+
+

धुलिखेल-खावा सडक विस्तारको काम छिटो सक्न माग गर्दै आमरण अनशन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १५:३८

११ फागुन, धुलिखेल । धुलिखेल–खावा सडक विस्तारमा भैरहेको ढिलाइप्रति ध्यानाकर्षण गराउँदै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपककुमार गौतमले आमरण अनशन सुरु गरेका छन ।

गौतमले आज शुक्रबार दिउँसोदेखि अरनिको राजमार्गको खावामा आमरण अनशन सुरु गरेका हुन् ।

धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलो मिटर सडक विस्तारको कामको सम्झौता अवधि चैत १९ गते सकिदैँछ । २०७९ जेठ २० गते भएको सम्झौता अनुसार सडक विस्तारको काम हुन सकेको छैन् ।

निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिले अहिलेसम्म एक तिहाई काम मात्र गरेको छ । भ्याट र पी एस बाहेक २० करोड, १९ लाख, ४६ हजार, ५०१.२१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?