+
+

सन्तोषीले जितिन् धरान टेनके रनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १२ गते १५:२४

१२ फागुन, काठमाडौं । सन्तोषी श्रेष्ठले धरान टेनके रनको उपाधि जितेकी छन् । धरानमा शनिबार भएको रनमा उनले महिलातर्फको उपाधि जितेकी हुन् ।

सन्तोषीले निर्धारित दूरी ३८ मिनेट ०८ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेकी हुन् ।

यस्तै छेन्बिमाया राई ४४ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो तथा इन्द्रकला नेम्वाङ ४५ मिनेट २८ सेकेन्ड टाइमिङ सहित तेस्रो भइन् ।

सन्तोषीले राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी भाग लिएको पछिल्लो तीनवटै प्रतियोगिताको उपाधि जितेकी छन् । एक सात्रा अघि मात्र पोखरामा भएको पोखरा म्याराथनमा सन्तोषीले महिलातर्फ हाफ म्यारथनको उपाधि जितेकी थिइन् ।

यस्तै १३औं सागकी स्वर्ण विजेता सन्तोषीले गत महिना बंगलादेशमा भएको बंगबन्धु म्याराथनको उपाधि जितेकी थिइन् । उनले म्यारथन डेब्यैम स्वर्ण जितेकी हुन् ।

पुरुषतर्फ केन्याका जुलियस मुरुकीले धरान टेनके को उपाधि जिते । उनले निर्धारित दूरी ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन् । यस्तै प्रशान्त तामाङ ३४ मिनेटमा दूरी पूरा गर्दै दोस्रो तथा पवन राई ३४ मिनेट ११ सेकेन्ड टाइमिङ सहित तेस्रो भएका छन् ।

यसैगरी भेट्रान्सतर्फ रेव दाहाल र सुपर भेट्रान्सतर्फ तिलबिक्रम सम्बाहाम्फे पहिलो भए ।

धरान टेन केका दुवैतर्फका विजेताले ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले ३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?