+
+

एसीसी प्रिमियर कप : नेपाल र हङकङ एकै समूहमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १२:५४

१३ फागुन, काठमाडौं । आगामी अप्रिल १२ देखि २३ सम्म ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र हङकङ एकै समूहमा परेका छन् ।

एसियाली क्रिकेट परिषदले आज सार्वजनिक गरेको समूह विभाजन र खेल तालिका अनुसार नेपाल, हङकङ, मलेसिया, साउदी अरेबिया र कतार समूह ए मा छन् ।

आयोजक ओमान, युएई, कुवेत, बहराइन र कम्बोडिया समूह बी मा छन् ।

टी२० फर्म्याट हुने यस प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग १२ अप्रिलमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?