+
+

एन्फा साधारण सभामा पदाधिकारी नै मञ्चमा देखिएनन्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १०:३९

१४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको नियमित साधारण सभा निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको छ । शंखमुलस्थित अनमोल बैंकेटमा बिहान ९ बजे बोलाइएको साधारण सभा १० बजेपछि सुरु भएको हो ।

उद्घाटन समारोहमा एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उवाध्यक्ष विराटजंग शाही, दीर्घबहादुर केसी लगायत कार्यसमितिका पदाधिकारीहरु मञ्चमा देखिएका छैनन् ।

उपाध्यक्ष दिपक खतिवडाले स्वागत मन्तव्य राख्दै सबैजना एकजुट भएर अघि बढ्दै फुटबल विकास गर्नुपर्ने बताएका थिए । तर कार्यसमितिकै पदाधिकारीहरु फरक फरक समूहमा विभाजित हुँदा मञ्च खाली देखिएको छ ।

वरिष्ठ उपाध्यक्ष लगायत कार्यसमिति पदाधिकारी कार्यक्रम स्थलमा रहे पनि मञ्चमा आएका छैनन् । उपाध्यक्ष दावा लामाका लागि भने मञ्चमा सिट नै निर्धारण गरिएको छैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?