+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कांग्रेसलाई ओलीको प्रश्न : ८७ सिटले संविधान संशोधन हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १३:३५

१६ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन भनेर कांग्रेसले ब्ल्यांक फायर गरेको टिप्पणी गरेका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले के विषयमा संविधान संशोधन गर्न खोजेको प्रष्ट नभएको बताए । ‘के हिसाबले संविधान संशोधन गर्ने भनेको हो थाहा छैन’ उनले भने, ‘संविधान संशोधन गर्नका लागि बोल्नभन्दा अगाडि कमसेकम यो स्थितिलाई सम्भव बनाउने गरी कुन कुन विषयमा केका लागि भन्ने चाहियो नि !’

उनले अगाडि भने, ‘८७ सिटले संविधान संशोधन हुन्छ ?’

एमालेले सहयोग गरे त पुग्छ होला नि भन्ने पत्रकारको प्रश्नमा ओलीले केमा सहयोग गर्ने भनेर प्रतिप्रश्न गरे, ‘एमालेले केमा सहयोग गर्ने ? प्रतिगमनका लागि ?’

कांग्रेस अग्रगामी सोचका साथ अगाडि नआएको भन्दै उनले भने, ‘गठबन्धन बदलिएपछि कांग्रेस अत्तालिएको छ, किन अत्तालिएको हो थाहा छैन ।’

संविधान संशोधन चाहिं आवश्यक छ कि छैन भन्ने प्रश्नमा ओलीले आवश्यक हुनसक्ने बताए । तर आफूहरुसँग संख्याले नपुग्ने भएकाले अहिले संविधान संशोधनको चर्चा नगर्ने एमाले अध्यक्ष ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?