+
+

पोखरामा होटल मिलाइदिने भन्दै पर्यटकलाई दुःख दिएको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १९:३७

१६ फागुन, पोखरा । पोखरा आएका सर्वसाधारणलाई होटल मिलाइदिन्छु भन्दै बाटो छेक्ने र दुःख दिने गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

पृथ्वीचोकमा रोकिने गाडीसम्मै पुगेर यात्रुलाई होटल खोजिदिने भन्दै दुःख हैरानी दिने र झोला तानेर अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पृथ्वीचोक, बसपार्क र ड्यामसाइट आसपासका होटलका प्रतिनिधिलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–९ बस्ने रुपेन्द्र श्रेष्ठ, मोहन आचार्य, नारायण अधिकारी, नागढुंगा बस्ने श्यामप्रसाद शर्मा, बसपार्क बस्ने विकास कुँवर, पृथ्वीचोक बस्ने बिमल ठकुरी पक्राउ परेका हुन् ।

यसैगरी, पृथ्वीचोककै विकास श्रेष्ठ, पाटनबेसी बस्ने रञ्जन खड्का र ड्यामसाइट बस्ने सविन नेपालीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाले जानकारी दिए ।

उनीहरुले मानिसहरुलाई जबरजस्ती सवारी साधनबाट ओरार्ने, बाटो छेक्ने, झोला तान्ने गरेको आरोप प्रहरीको छ । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको रानाले बताए ।

पोखराको पर्यटक बसपार्क, पृथ्वीचोक आदि ठाउँमा सर्वसाधारण र पर्यटकलाई आफ्नो होटलमा लैजान होटलका प्रतिनिधिले तानातान गर्छन् । होटलका प्रतिनिधि पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रने गाडीलाई बिजयपुरबाट र सिद्धार्थ राजमार्ग हुँदै पोखरा भित्रने गाडीलाई छोरेपाटन र पोखरा भ्यू प्वइन्टसम्मै पुगेर रोक्ने, होटलको बार्गेनिङ गर्ने गरेको घटनासमेत सार्वजनिक भएका थिए ।

पोखरा भित्रने पर्यटकसँग मोलमलाई गर्ने र झोला तानातान गरेर अभद्र व्यवहार हुने गरेको भन्दै व्यवसायीले समेत विरोध गरेका थिए । विशेष गरी साना होटलका प्रतिनिधिले पर्यटकलाई बार्गेनिङ र प्रलोभन देखाएर पोखराकै बद्नाम गर्ने काम भइरहेको भन्दै गुनासो पुगेपछि यस्तो गतिविधि रोक्ने प्रयास गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?