+
+

‘अगस्त्य’लाई देशव्यापी २६० शो, ओपनिङ कस्तो रहला ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते २१:३८

काठमाडौं । शुक्रबारदेखि विश्वब्यापी प्रदर्शन तयारीमा रहेको फिल्म ‘अगस्त्य’को एड्भान्स टिकट बिक्री सुरु भएको छ । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर ड्रामालाई हलले उत्साहजनक शोज दिएका छन् ।

क्युएफएक्स चेनले काठमाडौं उपत्यकामा १५ र मोफसल टेरिटोरीमा २९ शोज दिएको छ । आइएनआईले सबै चेनमा १२, वान सिनेमाजले ८ शोज दिएको छ । मोफसलका थिएटरले औषत ३/३ अनुपातमा शो दिएका छन् । अनुपात हेर्दा देशभरका १ सय ११ फिल्म हलले ‘अगस्त्य’लाई २ सय ५९ शोज उपलब्ध गराएको निर्माताले जनाएका छन् ।

यो फिल्ममा सौगात मल्ल, मलिका महत, नाजिर हुसेन, प्रमोद अग्रहरिको शीर्ष भूमिका छ । नेपाल र भारतमा छायांकन गरिएको यो फिल्म एक्सनप्रधान हो । बदलाको कथामा आधारित फिल्मको ट्रेलरले प्रशंसा बटुलेको छ ।

शुक्रबार अगस्त्यसहित हलिउडको बहुप्रतीक्षित ‘ड्युन २’, दुई भारतीय फिल्महरु ‘लापता लेडिज्’ र ‘अप्रेसन भ्यालेन्टाइन’ पनि रिलिज हुँदैछन् । जसले गर्दा शो विभाजन हुनेछ । बलियो वर्ड अफ माउथको मद्दतमा दर्शकलाई तान्ने चुनौति ‘अगस्त्य’सामु हुनेछ ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशमा ७ सय ५० शोमा रिलिज हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?