+
+

प्रहरीले हटायो सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते २१:४३

१६ फागुन, काठमाडौं । प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ ।

व्यापक आलोचनापछि बुधबार साँझ प्रहरी टोलीले ती क्षेत्रबाट डोरी हटाएको हो ।

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले सुरक्षालाई मजबुत बनाउन अल्पकालीन रुपमा डोरी राखिए पनि हटाएको अनलाइनखबरसँग बताए ।

‘धेरै किसिमका आन्दोलन भइरहेका छन्, तोकिए अनुसार कार्यक्रम पनि भएका छैनन् । त्यसैले भिडभाड नहोस् भन्न खोजेका थियौं’, उनले भने, ‘सडकमा जनतालाई दुःख भयो भनेपछि हटाएका छौं ।’

सोमबार लघुवित्तका ऋणीहरुको एउटा समूह बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेको थियो । लगत्तै संसद् भवनको सुरक्षामा खटिएका ३२ जना प्रहरी हटाइएका थिए भने गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखको आकस्मिक बैठक बोलाएका थिए ।

फर्किएपछि सुरक्षा समितिको निर्णय भन्दै प्रहरीले सिंहदरबार, बालुवाटार लगायतका क्षेत्रको फुटपाथमा डोरी टाँगेर सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?