+
+

लिग च्याम्पियन चर्च ब्वाइज र अस्ट्रेलियाको रोयल वेस्टर्नस क्लबबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते २१:२३

१८ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेड एफसी र अस्ट्रेलियामा नेपालीले सञ्चालन गरेको रोयल वेस्टर्नस क्लबबीच सम्झौता भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रम दुई क्लबबीच छोटो अवधिको लागि खेलाडी, प्रशिक्षक तथा प्रविधि आदान प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।

सम्झौता पत्रममा चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र रोयल वेस्टर्नस क्लबका अध्यक्ष रोशन दाहालले हस्ताक्षर गरेका थिए ।

यस्तै सम्झौता कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक उत्तम भण्डारी प्रमुख अतिथिका रुपमा उपस्थित थिए । भण्डारीले सम्झौताले नेपाली फुटबल खेलाडीको पलायनलाई रोक्न सहयोग पुग्ने बताए ।

यो सम्झौतापछि चर्च ब्वाइजले प्रतिभावान नेपाली खेलाडीलाई रोयल वेस्टर्नस क्लबमार्फत अस्ट्रेलियामा व्यावसायिक फुटबल खेल्ने तथा विशेष प्रशिक्षण गर्ने अवसर प्रदान गर्नेछ । तर यसरी अस्ट्रेलियामा खेल्ने तथा प्रशिक्षणको अवसर पाउने खेलाडी नेपाल फर्किने ग्यारेन्टी गरिनेछ ।

यसैगरी रोयल वेस्टर्नसले अस्ट्रेलियामा रहेका नेपाली मुलका प्रतिभावान युवा खेलाडीलाई चर्च ब्वाइजसँगको सहकार्यमा नेपालमा खेल्ने वातावरण सिर्जना गर्नेछ ।

यो सम्झौता दुई वर्षका लागि हुनेछ ।

चर्च ब्वाइजका अध्यक्ष टंकलाल राईले यो सम्झौतापछि सहकार्यका लागि निक्कै उत्साहित रहेको बताए । ‘यो सहकार्यले नेपाली फुटबलको विकासमा कोसेढुङ्गा सावित हुनेछ । हाम्रा खेलाडीले अस्ट्रेलियामा खेल्ने र त्यहाँको सुविधामा प्रशिक्षण गर्ने अवसर पाउनेछन् । यस्तै खेलाडी पलायनको समस्याबाट मुक्तीका लागि यसले केही फाइदा पुग्छ भन्ने विश्वास छ। श्रमिकको रूपमा नभइ खेलाडीकै रुपमा विदेश गएर देश फर्कियोस भन्ने हाम्रो प्रयास हो,’ अध्यक्ष राईले भने ।

रोएल वेस्टर्न क्लबका अध्यक्ष रोशन दाहालले नेपालको प्रतिभा पलयानको क्षतिपुर्ति गर्ने र खेल्न विदेश गएका खेलाडी फर्किने वातावरण मिलाउने उदेश्यले सम्झौता गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?