+
+

नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १८:३८

१९ फागुन, काठमाडौं । नेपाल पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको नवौं संस्करण शनिबार सुरु भएको छ ।

प्रतियोगिताको नेपालका लागि पाकिस्तानी राजदूत अब्रार हसन हासमी, नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डे र हिमालयन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वलराज भण्डारीले उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष पाण्डे र हिमालयन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भण्डारीले सन् २०१४ देखि लगातार प्रतियोगिता आयोजना गरेकामा पाकिस्तानी दूतावासलाई धन्यवाद दिए । उनीहरुले खेलकुद र क्रिकेटले दुई देशका युवालाई एक ठाउँमा ल्याउने धारणा राखे ।

नेपालका लागि पाकिस्तानका राजदूत हासमीले क्रिकेट खेलकुद मात्र नभई मानिसहरुलाई एक ठाउँमा ल्याउने प्लेटफार्म पनि भएको बताए ।  यो प्रतियोगिताले आगामी दिनमा नेपाल र पाकिस्तानका युवाबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने उनको भनाइ छ ।

२७ फागुनसम्म चल्ने प्रतियोगितामा यो वर्ष १२ वटा क्रिकेट टिम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?