+
+

नामिवियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेदरल्यान्ड्स

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते ११:२०

२० फागुन, काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि निर्णायक मानिएको खेलमा नामिबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टीयु क्रिकेट मैदानमा  नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेदरल्यान्ड्स आजको खेलमा विजयी भएमा सोझै फाइनलमा पुग्नेछ । नेदरल्यान्ड्स कम अन्तरको हारमा पनि नेटरनरेटमा माथि रहँदै फाइनल खेल्ने सम्भावना छ । नामिविया फाइनलमा पुग्न भने विशाल जित हात पार्नुपर्ने हुन्छ ।

नेदरल्यान्ड्सले नेपालसँग पछिल्लो खेलमा ६ विकेटले पराजित भएपछि टोलीमा एक परिवर्तन गरेको छ । काइल केलिनको स्थानमा ब्याटर विक्रमजित सिंहलाई आज मौका दिएको छ । नामिवियाले पनि एक परिवर्तन गरेको छ । माइकल भान लिंगेन बाहिर हुँदा शन फौसीलाई मौका दिएको छ ।

नेदरल्याण्ड्स ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंकाका साथ पहिलो स्थानमा छ । नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ तेस्रो तथा अन्तिम स्थानमा छ ।

नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ । फाइनल मंगलबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?