+
+

मुख्यमन्त्री उट्पट्याङ गर्दै हुनुहुन्छ : हिक्मत कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १४:५७
कोशीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की ।

२० फागुन, विराटनगर । कोशी प्रदेशसभाको प्रमुख विपक्षी दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री केदार कार्कीले उट्पट्याङ काम गरेको टिप्पणी गरेका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा एमाले नेता कार्कीले प्रदेश सरकारको काम सन्तोषजनक नभएको बताए ।

‘सरकार गलत बाटोमा छ, राम्रो काम गरिरहेको छैन’, एमाले नेता कार्कीले भने,‘…उहाँ हेर्दा पपुलिष्ट देखिने तर आफ्नो क्षमता र योग्यता भन्दा माथिका काम गरिरहनुभएको छ, जसले प्रदेश संरचनालाई कमजोर पार्दैछ ।’

२७ असोजमा नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई नेकपा एमालेले समर्थन गरेपछि मुख्यमन्त्री नियुक्त भएका थिए । सरकार गठनका बेला नजिकिएका कार्कीद्वय पछिल्लो समय टाढिएका छन् । एमाले नेता कार्कीले मुख्यमन्त्रीले प्रदेशको स्रोतले धान्न नसक्ने काम आँटेको टिप्पणी गरे ।

‘प्रदेशमा बजेटको आकार भन्दा ठूलो असिमित ढंगले विभिन्न क्षेत्रमा बजेट बाँड्नुभएको छ, एक सय बेडको मुटु रोग अस्पताल सञ्चालन गर्न वर्षमा अर्ब भन्दा बढी खर्च लाग्छ, त्यो सम्भव छ ?’ एमाले नेता कार्कीले प्रश्न गरे, ‘सेन्टिमेन्टले मात्रै पनि हुँदैन ।’

मुख्यमन्त्री कार्कीले बजेटमार्फत गरेको १० वर्षमुनिको बालबालिकाको उपचार निशुल्कको घोषणालाई पनि एमाले नेता कार्कीले प्रदेशले धान्न नसक्ने काम भनेका छन् ।

‘प्रदेशका अस्पतालमा दश वर्षमुनिका बालबालिकाको उपचार खर्च प्रदेशले धान्न सक्छ ?’ उनले भने,‘ उहाँ यस्ता खालका उटपट्याङ काम गरिरहनुभएको छ ।’

मुख्यमन्त्री कार्कीको कार्यशैलीले प्रदेशलाई कमजोर बनाएको बताउँदै उनले भने, ‘उहाँले आफ्नो कार्यशैली सच्याएर अघि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?