+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
८२ बलमा १३२ रन आवश्यक
चितवन राइनोज 2025
38/3 (6.2)
Shares

तीव्र विरोधपछि फिल्म ‘रंगेली’को सेन्सर पास

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १७:१९

काठमाडौं । फिल्मकर्मीको तीव्र विरोधपछि केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘रंगेली’को सेन्सर पास गरेको छ । नाममा आपत्ति जनाउँदै बोर्डले शुक्रबार सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।

यो कुरा सार्वजनिक भएपछि फिल्मकर्मी विरोधमा उत्रिएका थिए । दीपकराज गिरीले सेन्सर बोर्डलाई ‘विवेकहीन’ र मनोज पण्डितले ‘पाकेको पिलो’को संज्ञा दिएका थिए ।

आइतबार दिउँसो निर्माता जितेन्द्र खतिवडा र वितरक गोविन्द शाहीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बोलाएर बोर्डका पदाधिकारीले सेन्सर पासको प्रमाणपत्र थमाए । फिल्मले पीजी सर्टिफिकेट पाएको छ भने रनटाइम दुई घण्टा ५५ मिनेट तय छ । केही शब्द म्युट गरिएको छ ।

सेन्सर फुकुवा भएपछि अनलाइनखबरसँग कुरा गर्दै निर्माता खतिवडाले आइतबार आफू जाँदा सेन्सर पदाधिकारीलाई नरम पाएको बताए । ‘उहाँहरुले रोकटोक गर्ने उद्देश्य नरहेको बताउनुभयो । अध्यक्षदेखि सबैजना हुनुहुन्थ्यो । आफ्ना केही कुरा राख्नुभयो । मिस कम्युनिकेसन भएर विवाद चर्किएको उहाँहरुको भनाई थियो,’ खतिवडाले भने, ‘फिल्मकर्मीको विरोधपछि उहाँहरु प्रमाणपत्र दिन रेडी भएको पाएको छु ।’

यसअघि फिल्मको शीर्षकको संवेदनशीलतालाई मध्यनजर गरेर छायांकन भएको थलोको कन्सेन्ट पेपर माग गर्ने निर्णय बोर्डले गरेको थियो । यो फिल्म फागुन २५ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?