+

नेपाल ओलम्पिक कमिटी र कोमोरेबीबीच खेल पोशाकका लागि चार वर्षको सम्झौता

२०८० फागुन  २० गते २०:३५ २०८० फागुन २० गते २०:३५
नेपाल ओलम्पिक कमिटी र कोमोरेबीबीच खेल पोशाकका लागि चार वर्षको सम्झौता

२० फागुन, काठमाडौं । फ्रान्सको पेरिसमा हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टिमको पोसाकका लागि नेपाल ओलम्पिक कमिटी (एनओसीं) ले आइतबार कोमोरेबीसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

आइट्टबार एनओसीको मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा एनओसीका तर्फबाट कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोमोरेबीबीचका लागि सीईओ ड्यानिएल भालेटिनले सम्झौतामा हस्ताक्षर गरे । सम्झदता कार्यक्रमका ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पनि उपस्थिति थियो ।

कोमोरेबी फ्रान्सेली टेक्सटाइल कम्पनी हो । सम्झौता अनुसार पेरिस ओलम्पिक्समा सहभागी हुने नेपाली टिमका सदस्यलाई कोमोरेबीले पोसाक उपलब्ध गराउने छ । सम्झौता चार वर्षको रहेको छ र यस अनुसार कोमोरेबी नेपाली ओलम्पिक टिमको आधिकारिक पोसाक साझेदार हुनेछ । सम्झौता अनुसार कोमोरेबीबीचले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाअन्तर्गत हुने प्रतियोगितामा पनि नेपाली टिमलाई पोसाक उपलब्ध गराउने छ ।

यसमा गृष्मकालीन र शीतकालीन ओलम्पिक्स, गृष्मकाली र शीतकालीन एसियाली खेलकुद, गृष्मकाली र शीतकालीन युथ ओलम्पिक्स, एसियन बिच गेम्स र दक्षिण एसियाली खेलकुद रहेका छन् ।

एनओसीको अनुरोधमा कोमोरेबीचले उपलब्ध गराउने पोसाकमा अन्य संस्थानको लोगो पनि राख्न सकिनेछ । कोमोरेबीले उपलब्ध गराउने सबै पोसाकमा एनओसीको स्वीकृति चाहिनेछ ।

त्यस अवसरमा एनओसीका अध्यक्ष श्रेष्ठले यो अनुबन्धले नेपाली खेलकुदमा नयाँ आयाम थपेको बताए । यस्तै उनले नेपाल र फ्रान्सबीच रहेको सुमधर सम्बन्ध अझै प्रगाढ हुने विश्वास पनि व्यक्त गरे ।

नेपाल ओलम्पिक कमिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय