+
+

भारतीय गाडीको ठक्करबाट महोत्तरीमा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते ११:३८

२१ फागुन, जनकपुरधाम । महोत्तरीमा भारतीय टाटासुमोले ट्याक्टर र साइकलमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति मटिहानी–जनकपुर सडकखण्डमा मटिहानीतर्फ जाँदै गरेको बी आर ०६ पी डी ३३३० नम्बरको टाटासुमोले पिपरा गाउँपालिका १ स्थित त्यही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट ट्रयाक्टरमा पछाडि सवार महोत्तरीको पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र साइकल यात्री धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादवको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते दुबैजनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।

टाटासुमोको ठक्करबाट ट्रयाक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवारी गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले छ ।

डीएसपी गिरीका अनुसार ठक्कर दिने टाटासुमो पनि मटिहानी –४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको छ । दुर्घटना पश्चात चालक फरार रहेको र उनको खोजीसँगै घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?