+
+

सरकारमा जान जनमतले राख्यो मधेशको मुख्यमन्त्री शर्त

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १९:१४
जनमत पार्टीका अध्यक्ष सीके राउत ।

२१ फागुन, काठमाडौं । नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले शर्त राखेको छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेपछि जनमत पार्टीको सचिवालय बैठक बसेको थियो ।

बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ ।

‘हामीलाई विगत एक वर्षमा मधेशमा पनि सही मूल्याकंन भएको छैन र संघमा पनि राम्रो समन्वय गरिएको छैन’, पार्टी सचिव बीपी साहले भने, ‘यस्तो बेला कुरा गरेर मात्रै निर्णय लिने भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?