
२१ फागुन, काठमाडौं । सरकारी सेवाबाट अवकाश पाएको वा जुनसुकै कारणले सेवामा नरहेको व्यक्तिले आफूले सरकारी सेवाका रहँदा पाएका गोप्य जानकारी र सूचना सार्वजनिक गर्न नपाउने भएका छन् ।
संसदमा दर्ता भएको संघीय निवामती सेवा विधेयक–२०८०मा कर्तव्य पालना गर्दा जानकारीमा आएको कुनै गोप्य वा कानूनद्वारा निषेधित विषय आफूले लेखेको वा संकलन गरेको कुनै कागजपत्र वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अरू अनधिकृत कर्मचारी वा गैरसरकारी व्यक्ति वा सञ्चारमाध्यमलाई दिनु वा बताउनु नहुने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।
विधेयकअनुसार बाहलवाला निजामती कर्मचारीको हकमा पनि लागु हुने यो प्रतिबन्धात्मक व्यवस्था सेवा निृवत्त कर्मचारीका लागि पनि लागु हुने छ ।
अवकाश प्राप्त कर्मचारीले यो नियम उल्लंघन गरेर कामकारबाही गरेमा निजामती ऐनबमोजिम पाउने सेवा सुविधा तोकिएबमोजिम रोक्का गर्न सकिने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । यसले समाजिक सञ्जालमा र सञ्चारमाध्यममा सरकारी कामकाजबारे बताउने र सूचनाहरु सार्वजनिक गर्ने काम गरेर निवृत्तिभरणमा रोक्न सक्ने गरी व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया 4