
२३ फागुन, काठमाडौं । १५ वैशाखमा हुने उपनिर्वाचनका नेपाली कांग्रेसका उम्मेदवारलाई औपचारिक पत्र सभापति शेरबहादुर देउवाले प्रदान गर्ने कांग्रेसले निर्णय गरेको छ ।
पार्टीको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपनिर्वाचन इलाम-२ र बझाङको प्रदेश सभा १ मा हुँदैछ ।
उप-निर्वाचनका लागि दल दर्ताको जिम्मेवारी पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।
सभापति देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4