+
+

नयाँ समीकरणमा जनमतको बटमलाइन मधेशको मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १७:०२

२३ फागुन, काठमाडौं । जनमत पार्टीले सत्ता गठबन्धन र नेपाली कांग्रेस दुवैतिर सम्वाद गर्ने भएको छ ।

केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसेको बैठकले दुवैतिर सम्वाद गर्ने निर्णय गरेको हो । दुवैतिर सम्वाद गर्ने निर्णय गरेको जनमतले मधेश प्रदेशको नेतृत्वलाई बटमलाइन बनाएको छ ।

‘हाम्रो बटमलाइन मधेश प्रदेशको मुख्यमन्त्री हो, त्यसलाई आधार मानेर हामी छलफलमा छौं’, एक नेताले भने । मधेशमा अहिले जनता समाजवादी पार्टी (जसपा) का नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

केही समय अगाडि जनमतले यो सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नयाँ सत्ता समीकरणसँग जनमतले मधेशकै नेतृत्व दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?