+
+

कांग्रेसलाई माओवादीको प्रश्न : राष्ट्रपति निर्वाचनमा प्रचण्डले लगाएको गुन बिर्सनुभयो ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १४:४९

२४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कदम र अभिव्यक्तिका कारण आतंकित नहुन आग्रह गरेको छ ।

नयाँ सत्ता समीकरण बनाएपछि कांग्रेसले प्रचण्डलाई राजनीतिक बेइमानको संज्ञा दिएको छ । साथै, आफू बाचुन्जेल मुलुकमा उथलपुथल भइरहेको भनी प्रचण्डले दिएका अभिव्यक्तिको पनि जवाफ मागेको छ ।

यस सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्द्रका सचिव समेत रहेका प्रतिनिधि सभा सदस्य देवेन्द्र दाहालले प्रधानमन्त्रीको कदम र अभिव्यक्तिका कारण आतंकित नहुन आग्रह गरेका हुन् ।

१० पुस २०७९ मा एमालेसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेसको नेतालाई राष्ट्रपति बनाउन खेलेको भुमिका नभुल्न कांग्रेसलाई उनका सुझाव छ ।

‘म स्मरण गराउन चाहन्छु राष्ट्रपतिको निर्वाचनको बेलामा थिए होला नि प्रधानमन्त्रीलाई अर्कै प्रस्ताव । राष्ट्रपतिमा मिलेर गरौं भनेर अहिलेका बहालवाला प्रधानमन्त्रीले गर्नुभएको कोशिश बिर्सनुभयो ?’ सांसद पौडेलले प्रश्न गरे ।

त्यतिबेला प्रधानमन्त्री प्रचण्डसँग अरु पनि विकल्प रहेको भन्दै पौडेलले कांग्रेसलाई गरेको गुन नबिर्सिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?