+
+

दूरसञ्चार प्राधिकरणमा भण्डारीको नियुक्तिविरुद्ध उच्च अदालतले दिएन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १८:३१

२४ फागुन, काठमाडौं । उच्च अदालत पाटनले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष भूपेन्द्र भण्डारीको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशहरु ऋषिराम दवाडी र पुरुषोत्तमप्रसाद ढकालको इजलासले प्राधिकरणको अध्यक्षको प्रतिस्पर्धामा सहभागी रामदेव यादवको रिट निवेदनको सुनुवाइ गर्दै भण्डारीको नियुक्ति रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने भनेको हो ।

भण्डारीलाई ६ फागुनको मन्त्रिपरिषद बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उच्च अदालतले रिट निवेदक रामदेव यादव अन्तिम ३ प्रतिस्पर्धीमा छनोट भएको नदेखिएकाले सुविधा र सन्तुलनका दृष्टिले पनि अन्तरिम आदेश जारी गर्न आवश्यक नभएको आदेशमा दिएको हो ।

उच्च अदालत पाटनले अन्तिम निर्णय हुँदा मागबारे सम्बोधन हुने भन्दै मुद्दालाई नियमित प्रक्रियामा अघि बढाउन आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?