+
+

सेरेसको नयाँ स्टेट अफ आर्ट शोरुम नक्सालमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १८:४६

काठमाडौं । नेपालका लागि सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरुम सञ्चालनमा ल्याएको छ ।

सेरेसका डिपुटी जनरल म्यानेजर जिया झु र एमएडब्लु ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार आयोजित एक समारोहबीच नयाँ शोरुमको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा सेरेसका प्रतिनिधि जुन सी र यी पांग लगायत अटोमोबाइल क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

नयाँ सोरुमले नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने प्रतिवद्धता कम्पनीले गरेको छ ।

कार्यक्रममा एमएडब्लु वृद्धि सेरेस ३ ले हिमाली क्षेत्रमा रहेको कोरोला पासको कठिन भूगोलमा पुगेको इन्ट्रो भिडियो पनि देखाइएको थियो । सेरेस ३ समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाइमा अवस्थित कोरोला पास पुग्ने पहिलो इलेक्ट्रिक एसयूभी भएको कम्पनीले बताएको छ ।

ग्राहक अनुभवलाई केन्द्रमा राखेर डिजाइन गरिएको यो शोरुममा विशाल एलईडी डिस्प्ले, सेरेसका पछिल्ला ईभी मोडेल र परामर्श तथा टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुने कम्पनीको भनाइ छ ।

सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ ।

निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, , चितवन र भक्तपुरमा पनि शोरुम सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?