+
+

टुँडिखेलमा सेना दिवस (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० फागुन २५ गते १२:५१

२५ फागुन, काठमाडौं ।  नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा आज शुक्रबार काठमाडौंको टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति दिएको छ ।

सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।

सैनिक मञ्चमा आयोजित समारोहमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाज, प्यारासुटलगातका प्रस्तुति देखाइएको छ ।

सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गरिएको छ ।

त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुति पनि भएको छ ।

टुँडिखेलमा भएका कार्यक्रमका तस्वीरहरु हेर्नुहोस् :

    

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?