+
+

शिक्षा र भ्रमणमा नेपालीले विदेशमा खर्च गरे १ खर्ब ४ अर्ब

गत वर्ष शिक्षामा सात महिनामा ४३ अर्ब रुपैयाँ मात्र विदेशिएको थियो । त्यसबेला भ्रमण र शिक्षामा सात महिनामा मात्र ६९ अर्ब ८९ करोड रुपैयाँ विदेशिएको राष्ट्र बैंकले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १५:२९

२७ फागुन, काठमाडौं । शिक्षा र भ्रमणका लागि नेपालीले चालु आर्थिक वर्ष (आव) सात महिनाभित्र विदेशमा १ खर्ब ४ अर्ब रुपैयाँ खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव साउनदेखि माघ मसान्तसम्म नेपालीले विदेशमा उक्त परिमाण बराबर रकम खर्च गरेका हुन् ।

त्यसमध्ये ६६ अर्ब ६४ करोड रुपैयाँ शिक्षामा खर्च भएको छ । गत वर्षको तुलनामा सेवा खातातर्फको व्यय ४९.९ प्रतिशतले बढेको हो ।

गत वर्ष शिक्षामा सात महिनामा ४३ अर्ब रुपैयाँ मात्र विदेशिएको थियो । त्यसबेला भ्रमण र शिक्षामा सात महिनामा मात्र ६९ अर्ब ८९ करोड रुपैयाँ विदेशिएको राष्ट्र बैंकले जनाएको छ ।

उता, नेपालमा पर्यटकबाट हुने आम्दानी भने सात महिनामा ४५ अर्ब ४० करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.५ प्रतिशत धेरै हो । त्यसबेला पर्यटकले ३१ अर्ब ४१ करोड खर्च गरेका थिए ।

नेपालमा पर्यटकबाट हुने आय र नेपालीले विदेशमा भ्रमणको प्रयोजनमा गर्ने खर्चका बीचमा समेत अब ठूलो अन्तर देखिन छाडेको छ । सात महिनामा नेपालबाट विदेश भ्रमण जानेले ३८ अर्ब रुपैयाँ लगेका छन् ।

सेवातर्फ आयभन्दा व्यय बढी हुँदा सेवा खाता घाटामा रहेको पाइएको छ । सात महिनामा सेवा खाता ३७ अर्ब २६ करोडले घाटामा छ । अघिल्लो वर्ष उक्त अवधिमा सेवा आय ४४ अर्ब ३६ करोड घाटामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?