+
+

एकीकृत समाजवादीलाई पनि समेटेर सत्ता गठबन्धनबीच ७ बुँदे सहमति

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १२:३०

२९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई समेत समेटेर सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति भएको छ ।

यसअघि गत २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बीच ८ बुँदे लिखित सहमति भएको थियो ।

त्यो लिखित सहमतिमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी समावेश थिएन । तर मंगलबार एकीकृत समाजवादी समेत थपिएर पाँच दलबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नयाँ सरकार गठन गर्ने भन्ने बुँदा हटाइएको छ । तर आज भएको लिखित सहमतिमा राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने मात्रै समावेश छ ।

८ बुँदे सहमतिपत्रमा राष्ट्रियसभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भन्ने समावेश थियो । त्यो विषय पनि नयाँ सहमतिपत्रमा उल्लेख छैन ।

हेर्नुहोस् सहमति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?