+
+

वडा कार्यालयमा जन्ती बास बसेपछि बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १५:३७

२९ फागुन, जनकपुरधाम । जन्ती राख्नको लागि वडा कार्यालय प्रयोग गरेपछि जनकपुरधाम उपमहानगरपालिका-२५ मा मंगलबार बिदा दिइएको छ । एक स्थानीयको बिवाहमा आएका जन्ती सोमबार राति वडा कार्यालयमा बास बसेका थिए ।

कार्यालय सहयोगीको घरमा विवाह परेको र वडासचिव मदन महतो बिरामी भएकाले वडा कार्यालय बन्द रहेको वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साहले साहले बताए ।

वडा कार्यालयको सभाहलमा जन्ती राखिएको भन्दै उनले यही कारणले कार्यालय खोल्न अवरोध नभएको तर वडासचिव र कार्यालय सहयोगी नआउने भएपछि बन्द रहेको बताए ।

‘उहाँहरु आउनुभएन, म पनि गइन । त्यसकारण वडा कार्यालय बन्द छ । जन्ती हलमा भएकाले कुनै समस्या परेको छैन’, वडाध्यक्ष साहले भने ।

वडा कार्यायल जन्ती राख्नको लागि बन्द गरेको भन्दै वडाबासीले विरोध जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?