+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

निजी क्षेत्रको गिरेको मनोबल उठाउँछौं : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १५:०५

२९ फागुन, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाउने बताएका छन् । नेपाल उद्योग परिसंघ प्रतिनिधिमण्डलसँग मंगलबार भेट गर्दै अर्थमन्त्री पुनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेको बताए ।

पुनले ढुक्क भएर लगानी गर्न उद्योगी/व्यवसायीलाई आग्रह गरे । आफूले मन्त्रालयको नेतृत्व सम्हालेकै दिनबाट सुरक्षित व्यावसायिक वातावरण बनाउन प्रयास गरिरहेकाले नआत्तिन आग्रह समेत गरे ।

मन्त्री पुनले प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सँगै राखेर व्यावसायिक वातावरण बनाउन निर्देशन दिएको समेत जानकारी दिए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले म र गृहमन्त्रीलाई सँगै राखेर उद्योगी/व्यवसायीलाई राज्यका निकायहरूले तर्साउनुभएन भन्नुभएको छ,’ पुनले भने, ‘हामी निजी क्षेत्रलाई अपिल गर्न चाहन्छौं कि अभिभावकीय भूमिकामा रहेको सरकारले कसैलाई आतंकित बनाउने काम गर्दैन ।’

आरोप लाग्दैमा नआत्तिन आग्रह गर्दै पुनले आरोप प्रमाणित हुने तथ्य नभएसम्म व्यवसायीलाई पक्राउ गरेर नथुन्ने वातावरण बनाइने विश्वास दिलाए ।

‘आरोप लाग्दैमा कसैलाई पनि दोषी करार गर्न मिल्दैन,’ उनले भने, ‘गम्भीर अपराध गरेका बाहेकलाई सरकारले अनावश्यक हस्तक्षेप गर्दैन ।’

यद्यपि, पुनले राजस्व छलीमा भने सरकारले कडाइ गर्ने बताए । तर, व्यवसायीसँगको समन्वयमै राजस्व छलीलाई नियन्त्रण गरिने भएकाले सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

‘अकस्मात होइन जानकारी दिएरै राजस्व छलीमा कडाइ हुन्छ,’ उनले भने, ‘गैरकानुनी कामलाई राज्यले नियन्त्रण गर्दा व्यवसायीको पनि साथ चाहियो ।’

उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बनाउनुअघि व्यवसायीका जायज चासोबारे मन्त्रालयले छलफल गर्ने पनि उल्लेख गरे । कुनै पनि वस्तुमा कर लगाउँदा सरकारले त्यसको औचित्य पुष्टि हुने गरी मात्र काम गर्ने उनको स्पष्टोक्ति थियो ।

कुनै एक राजनीतिज्ञ, जाति, समुदाय, क्षेत्र, पेसा र व्यवसायमा संलग्न केही व्यक्तिले गल्ती गर्दैमा सबैलाई आरोपित गर्ने घातक प्रवृत्ति समाजमा व्याप्त बन्न खोजेको भन्दै चिन्ता जनाए ।

फरक प्रसंगमा मन्त्री पुनले आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउन र विदेशी लगानीकर्तालाई नेपाल ल्याउने वातावरण बनाउने काममा लाग्न उद्योगी–व्यवसायीलाई अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?