+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

त्रिवि अर्थशास्त्र विभाग र सेजनबीच सहकार्य गर्ने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १७:३२

३० फागुन, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा शिवराज अधिकारी र सेजन अध्यक्ष सुजन ओलीले बुधबार एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार अर्थतन्त्रसँग जोडिएका विभिन्न विषयमा संयुक्त रुपमा अध्ययन एवम् अनुसन्धान, सिकाइ कार्यक्रम सञ्चालन, ज्ञानको आदान–प्रदान (नलेज एक्सचेञ्ज) का लागि दुई संस्थाले सहकार्य गर्नेछन् ।

त्यसैगरी, बौद्धिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यमा सहकार्य सँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने पनि सम्झौतापत्रमा उल्लेख छ ।

विभागले गरेका अध्ययन अनुसन्धानका नतिजाको तथ्यपरक विश्लेषणसहित नीति निर्माता र सर्वसाधारणसम्म पुर्‍याउन सेजनले भूमिका खेल्नेछ भने आर्थिक पत्रकारको सीप तथा क्षमता अभिवृद्धिका लागि तालिम, अनुसन्धानलगायतका कार्यमा विभागले समन्वय, सहकार्य एवम् सहयोग गर्नेछ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि विभाग प्रमुख अधिकारीले अर्थतन्त्रका विविध आयामसँग जोडिएका विषयमा तथ्यपरक अनुसन्धान, तटस्थ विश्लेषण र त्यसको नतिजामुखी प्रयोगका लागि दुई संस्थाबीच सहकार्य गर्न लागिएको बताए ।

तथ्यमा आधारित र कार्यान्वयनयोग्य नीति निर्माणका लागि पैरवी गर्ने समान उद्देश्यसाथ विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानका लागि दुवै संस्थाले संयुक्त रुपमा भूमिका खेल्ने उनको भनाइ छ ।

आर्थिक विधामा कलम चलाइरहेका सञ्चारकर्मीको क्षमता विकाससँगै विभिन्न अनुसन्धानमा आधारित सूचना तथा तथ्यांक प्राप्ति र त्यसको सहि प्रयोगका लागि अर्थशास्त्र केन्द्रीय विभागसँग सहकार्य भएको सेजन अध्यक्ष ओलीले बताए ।

सेजनले विभिन्न अध्ययन अनुसन्धानसँगै अर्थतन्त्रसँग जोडिएका सार्वजनिक विषयमा बहस, छलफल, अन्तरक्रिया, ‘नलेज सिरिज’ लगायत कार्यक्रम चलाइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले विभागसँगको सहकार्यबाट यी क्षेत्रमा थप प्रभावकारी रुपमा काम गर्न सकिने विश्वास व्यक्त गरे ।

विभागले गरेका अध्ययन अनुसन्धानका नतिजा आर्थिक पत्रकारहरुका लागि समाचार तथा सूचनाको स्रोतसमेत रहेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?