+
+

गृहमन्त्री लामिछानेलाई मार्गप्रशस्त गर्न सांसद सीता मिजारको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १२:०५

१ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता मिजारले आफूमाथि लागेका आरोपहरुको निश्पक्ष छानबिनका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहयोगी हुनुपर्ने बताएकी छन् । यसका लागि गृहमन्त्रालयले मार्गप्रशस्त गर्नुपर्ने उनको सुझाव छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले गृहमन्त्री लामिछाने सहकारी ठगी काण्डमा संलग्न रहेको भनी जिल्ला प्रशासन कार्यालय कास्कीमा मुद्दा/ जाहेरी परेको बताइन् ।

उनले अगाडि भनेकी छन्, ‘…आम रुपमा गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठेको छ । मुलुकमा कानुनी शासन स्थापना गर्ने सन्दर्भमा मुख्य अबिभारा बोकेको गृह प्रश्ाासनको बागडार सम्हालेर बसेको नेतृत्वमाथि नै यसरी गम्भीर नैतिक प्रश्न भएको छ ।’

प्राकृतिक न्याय सिद्धान्तका आधारमा समेत गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १७६ मा न्याय निरुपण गर्नको लागि न्यायाधीशले आफ्नो स्वार्थ बाझिएको अवस्थामा मिल्दैन भन्नुपर्ने व्यवस्था रहेको उनले स्मरण गरिन । यस अभ्यास समेतका आधारमा स्वार्थ बाझिाएको र आफैंमाथि आरोप लागेको विषय हेर्ने जिम्मेवारीमा बसिरहन नहुने उनको सुझाव छ ।

गृहमन्त्री लामिछानेमाथि सहकारीका सम्बन्धमा प्रश्न, जाहेरी र मुद्दा रहेको दोहोर्‍याउँदै उनले भनिन्, ‘…त्यसकारण सार्वजनिक पदमा बसिरहनु कति जायज हो ? निश्पक्ष छानबिनको लागि मार्गपशस्त गर्ने कि नगर्ने ? गृहमन्त्रीज्युले यसको नैतिक जिम्मेवारी लिने कि नलिने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?